Online News Portal

चीनको विस्तारवादी नीतिको शिकार भारत संगै नेपाल पनि भए

322

काठमाडौं, १३ भदौं । चिनियाँ विस्तारबादी नीतिको शिकार भारत संगै नेपाल पनि भएको छ । चीनद्वारा सार्वजनिक गरिएको नयाँ नक्सामा भारतको अरुणाचल प्रदेश र नेपालको चुच्चे भागलाई गायव गरेर भारत र नेपाल माथि विस्तारवादी नीतिको शिकार दुबै देश बनेको हो ।
उत्तरी छिमेकी मुलुक चीनले नेपालको बास्तविक नक्सा संग छेडछाड गर्दै नयाँ नक्सा जारी गरेपछि नेपाली राजनीतिक वृतमा हलचल मचेका छन् ।
नेपालको उत्तरी मित्र राष्ट्र चीनद्वारा जारी गरिएको नयाँ नक्सामा नेपालको नयाँ नक्सालाई मान्यता नदिई चुच्चे नक्सालाई गायव गरेपछि नेपाली राजनीतिक वृतमा हलचल मचेका हुन् ।
चीनद्वारा जारी गरिएका नयाँ नक्सामा नेपालको छुटेको भूभाग समेटेर जारी गरिएको नयाँ नक्साको साटो पुरानै नक्सा देखिएपछि चीनको नियत माथि प्रश्न चिन्ह खडा भएको छ ।
चीनले सोमबार स्ट्यान्डर्ड म्याप भन्दै नयाँ नक्सा जारी गरेको थियो । सो नक्सामा देखिएको नेपालको नक्सामा नेपालको चुच्चे भाग गायब छ । नेपालले २०७७ साल जेठमा नयाँ राजनीतिक नक्सा औपचारिक रूपमा सार्वजनिक गरेको थियो । सो नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेतलाई समेटिएको थियो । सुगौली सन्धि अनुसार काली नदी र त्योभन्दा पूर्वको भू भागको अभिन्न अङ्ग भए पनि नेपालमा प्रचलित नक्सामा गुन्जी, नाभी, कुटी लगायत केही भूभाग समेटिएको थियो । सरकारले ती भूभागहरूलाई समेट्दै नयाँ नक्सा जारी गरेको थियो ।
चिनियाँ अंग्रेजी दैनिक ग्लोबल टाइम्सले सामाजिक सञ्जाल एक्समा यो नक्सा सार्वजनिक गर्दै भनेको छ, ‘चीनको सन् २०२३ को स्टान्डर्ड म्याप सोमबार जारी गरेको छ । यो नक्सा प्राकृतिक संसाधन मन्त्रालयको वेबसाइटमा लञ्च गरिएको हो । यो नक्सा चीन र विश्वका अन्य देशको ‘ड्रइङ मेथड’ को आधारमा बनाइएको छ ।
नयाँ नक्सामा भारतको अरुणाचल प्रदेश, अक्साई चीनलाई आफ्नो हिस्सा रहेको देखाइएको छ । नक्सामा साउथ चाइना सी र ताइवानलाई पनि चीनको हिस्सा बताइएको छ । विभिन्न नेपाली अनलाईनहरुमा यस खवरलाई प्रमुखताका साथ स्थान दिएका छन् ।

Leave A Reply

Your email address will not be published.