Online News Portal

यादव नेतृत्वको अनुगमन टोलीले अवैध रुपमा सञ्चालित थप दुई वटा कलेजमा गर्यो सिलबन्दी

291

वीरगन्ज, १९ भदौं वीरगन्ज

महानगरपालिकाको नियमन समितिको अनुगमनले मंगलबार पनि अनुमति बिना सञ्चालित दुई वटा कलेजमा सिलबन्दी गरेको छ । महानगरद्वारा गठित नियमन समितिले गत बुधबार देखि वीरगञ्जमा अनुमति बिना सञ्चालित कलेजहरुमा पुगेर सिलबन्दी गर्न थालेको छ । आज मंगलबार पनि दुई वटा कलेजमा सिलबन्दी गरेको हो । नियमन समितिका संयोजक ईश्वरचन्द्र यादवको नेतृत्वममा छ मंगलबार खटिएको टोलीले वीरगन्ज– ८ स्थित युनिभर्सल प्लस टु कलेज र प्रिसटोन मोडेल एकेडेमीमा सिलबन्दी गरेको हो ।

यसअघि सोमबार पनि उक्त टोलीले वीरगन्ज १६ गहवास्थित माईस्थान बाल विद्या मन्दिर इन्दु लाखे आधारभूत विद्यालयमा अवैध रूपमा सञ्चालित अन्नपूर्ण कलेज र वडा नम्बर ११ स्थित युनिभर्सल एकेडेमी कलेजमा सिलबन्दी गरेको थियो ।भदौ १३ गते पनि वीरगन्ज महानगरकै अनुगमन टोलीले आवश्यक अनुमति नलिएको भन्दै वीरगन्ज स्कूल अफ ल, इम्पेरियल कलेज र बिजी बी किड्समापनि सिलबन्दी गरेको थियो । कलेज सञ्चालनका लागि आवश्यक अनुमति नलिएका मध्ये मंगलबारसम्म ७ वटा कलेजमा सिलबन्दी गरिएको समितिका संयोजक यादवले बताए ।

Leave A Reply

Your email address will not be published.