Online News Portal

दुर्घटना मा परि जान गुमाएका पटेललाई न्यायको लागि दोसिलाइ पक्राउ गर्न आफ्न्तले गरे रोड जाम।

663

बारा,४ असाेज

कलैया बिरगंज सडकखन्ड अन्तर्गत भलुही चौकमा  रहेको चन्दल आयल पेट्रोल पम्प अगाडि हिजो साझ बुधबार  मोटरसाइकल दुर्घटनामा परेर कलैया का एक युवककाे मृत्यु भएकाे थियो ।

कलैया उप महानगरपालिका वाड नम्बर १८ मा पर्ने मोतिसर भलुही  सडकमा बुधबार बेलुकी प्रदेश २ ०३-०१७ प ९७५० नम्बरको मोटरसाइकल र नम्बर नखुलेको गाडी  एक आपसमा ठोकिंदा कलैया का श्रीभगवान पटेलको  मृत्युु भएकाे थियो ।

प्रदेश २ ०३-०१७ प ९७५० नम्बरको मोटरसाइकलका चालक कलैया उप महानगरपालिका वाड नम्बर २३ बैराटपुर  निवासी हिरा राउत कुर्मी का छोरा २६ वर्षीय श्रीभगवान पटेलको मृत्यु भएपछि ठक्कर हान्ने गाडी अहिले सम्म पक्राउ नपरेपछी स्थानीय बासिन्दाहरु ले अहिले ९:३० बजे देखि कलैया बिरगंज सडक खण्ड मा पर्ने बैराटपुर चौक मा  रोडमा टायर बाली बाटो अवरोध गरेका छ्न ।

हाल सम्ममा दुर्घटना गरेको गाडी  समातिएको छैन। प्रहरी तथा ट्राफिक  प्रहरी को कमि कम्जोरिमा बिना लैसेन्स सवारी चलाउदा दैनिक रुपमा दुर्घटना मा परि मानिस ले जान गुमाउनु परेको छ।

Leave A Reply

Your email address will not be published.