निज्जर २०१२ मा पाकिस्तान गएर, भारतमा आतंकवादी हमलाको योजना बनायोः रिपोर्ट
नयाँ दिल्ली, एजेन्सी । खालिस्तानी आतंकवादीको रुपमा प्रख्यात रहेका हरदीप निज्जर भारत माथि आक्रमण गर्न योजना बनाउन पाकिस्तान गएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
क्यानडामा मारिएका खालिस्तानी आतंकवादी हरदीप निज्जरले सन् २०१२ मा क्यानडाबाट पाकिस्तान गएको थियो र त्यहाँ हतियार प्रशिक्षण लिएको थियो, इन्डियन एक्सप्रेसले स्रोतलाई उद्धृत गर्दै रिपोर्ट गरेको हो ।
२०१४ मा, उसले हरियाणाको डेरा सच्चा सौदा मुख्यालयमा आतंककारी हमलाको योजना बनायो तर उसको भिसा अस्वीकार भएको कारण उनी भारत पुग्न सकेनन् । भारतले क्यानडालाई उनको आपराधिक मुद्दाको बारेमा जानकारी गराएको थियो तर क्यानडाले मात्र उनलाई नो फ्लाई लिस्टमा राखेको थियो ।