असोज ७ बारा।
शनिबार को दिन जिल्ला प्रहरी कर्यालय बाराले मिति २०८०।०६।०५ गते अं.१६;०० बजेको समयमा जिल्ला बारा निजगढ न.पा.१२ स्थित अं. बर्ष ११ कि बोल्न नसक्ने (फरक क्षमता भएकी) बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त जि प्र का लाई हुन आएको थियो । घटना को जानकारि हुनसाथ ई.प्र.का.निजगढ, बाराबाट प्रहरी टोली उक्त स्थानमा खटी गएको थियो ।उक्त टोलिले तत्कालै निज पीडितलाई उपचारको लागि कलैया प्रादेशिक अस्पतालमा पठाईएको थियो। सोहि घटनाको अनुसन्धानको क्रममा ऐ.ऐ.बस्ने अं.बर्ष ६० को राना साईला भन्ने सोम बहादुर लुम्बालाई खोजतलास गरी पक्राउ गरेको छ। रातको करिब ११:०० उक्त अभियुक्त लाइ फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जि प्र का बारा ले जानकारी गराएको छ।