Online News Portal

प्रधानसेनापति प्रभुराम शर्मा आज भारत जाने

460

काठमाडौं : नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आज भारत जाने भएका छन्। असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने १३ औं संस्करणको इण्डो-प्यासिफिक सेना प्रमुखहरूको सम्मेलनमा सहभागी हुन प्रधानसेनापति शर्मा आज नयाँ दिल्ली प्रस्थान गर्न लागेका हुन्।

भारत र अमेरिकाको सेनाहरूको सह-आयोजनामा उक्त सम्मेलन हुन लागेको हो।  सम्मेलनमा अमेरिका, फ्रान्स र बेलायतलगायत देशका प्रधान सेनापति एवम् प्रतिनिधि सहभागी हुनेछन्।

सम्मेलनमा प्रधानसेनापतिसँगै उपरथी योगराज शर्मा,महासेनानी वसन्तबहादुर गौतम  र सेनाका सुवेदार रत्नबहादुर थापा मगर सहभागी हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

गत भदौ २३ गतेको मन्त्रिपरिषद‍् बैठकले प्रधानसेनापति शर्माको भ्रमण स्वीकृत गरेको थियो।  उनी असोज ११ गते स्वदेश फर्किनेछन्। अन्नपूर्ण पोस्ट

Leave A Reply

Your email address will not be published.