Online News Portal

बाराका ट्राफिक प्रहरी चेकिङ को नाममा अबैध असुली गर्दै,महिनवारी बाट खुसी पार्दै प्रहरी निरीक्षक तथा ट्राफिक प्रहरी उपरीक्षक लाई।

340
  • बारा । मङ्सिर २१ ।ट्राफिक प्रहरी कर्यालय बारा मातहत रहेको विभिन्न अस्थाई कार्यालय ले विभिन्न माल बाहक सवारी साधन को चेकजाँचको बहानामा सवारीसाधनहरु सित रकम असुली  गरेको पाएको छ।बारा को कलैया देखि बिरगंज तथा कलैया बाट बिभिन्न स्थान मा उद्योगका लागि जाने कच्चा पदार्थ , ढुवानी गर्ने सवारीसाधनहरुबाट ट्राफिक प्रहरीहरुले विभिन्न चेकजाचको बहानामा अवैध रुपले रकम असुली गरिरहेको एक चालकले बताएका छन्।सवारी व्यवस्थापनका लागि खटिने ट्राफिक प्रहरीले नै कलैया स्थित रहेका ट्राफिक प्रहरीले अवैध रुपले मालबाहक सवारीसाधनहरुवाट   रकम असुली गर्दे आएको   खुलेको छ । मालवाहक सवारीसाधनको ‘भारवहन नियम सम्बन्धी निर्देशिका २०७४’ मा तोकिएको क्षमताभन्दा बढी भार बोकेको पाइएमा त्यस्ता मालवाहक साधनलाई जरीवाना गरी बढी भएको मालसामान झार्नुपर्ने व्यवस्था छ । सोही कानूनमा टेकेर जाँचमा खटिएका ट्राफिक प्रहरीले ट्रक चालकसँग अनधिकृत रूपमा रकम असुल्ने गरेका छन् ।ती सवारीसाधनका चालकहरु तथा एजेन्टमार्फत हरेक चौक चौकमा खटिएका ट्राफिक प्रहरीले अवैध असुली गरिरहेको स्रोतको दावी छ । प्रत्येक २ महिनामा ट्राफिक प्रहरी परिवर्तन  हुने हुदा चोकमा अहिले ट्राफिकका इन्चार्ज हरु असुली मा बयस्त भएका छन। प्रहरी निरीक्षक तथा ट्राफिक प्रहरी उपरीक्षकको संरक्षणमा नै अवैध रुपमा रकम असुली गर्न कार्य भईरहेको कलैया का स्थानियहरु बताउछ्न।भारतिय सवारी चालक लाई  ट्राफिक प्रहरीले अनावशयक रुपले रुकेर विभिन्न किसिमको कागज पत्र दिनु भनि आफ्नो सबै कागज पत्र दिएपनि नेपालमा यो हुदैन त्यो हुदैन भनेर प्रहरीले विभिन्न किसिमको दर धाक देखाई १हजार देखि २५ सय रुपैया सम्म  लिएर छोडने गरेको छ। प्रत्येक दिन हजारौं को सन्ख्यामा सवारी साधन ओहोर दोहोर गर्ने कलैया चोकमा सवारीचालकहरुले ट्राफिकको यस्तै नियति व्यहोर्नुपरिरहेको बारा का स्थानियहरु बताएका छन्। कलैया को सिचाइ कर्यालय मा रहेको ट्राफिक प्रहरीले चोक सडक भएर आवत जावत  गर्ने सवारी साधनका चालकसँग ट्राफिक व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरीहरुले अनेकन बहानामा रकम असुल्ने र रकम नदिए दुःख दिने गर्दै आएको उनीहरुले गुनासो गरेका छन् ।त्यसैले पनि अहिले मालवाहक ट्रक, ट्यांकर, टिपर ,माल बाहक जीप तथा ट्रिपर व्यवसायीहरू ट्राफिकसँग आजित बन्न थालेका छन् । भारतबाट आउने तथा बिरगंज बाट आउने मालवाहक ट्रकहरुमध्ये अधिकांश सवारी साधन ओभर लोड नै आउने गर्छ र ट्राफिकसँग समन्वय गरि एजेंटहरुले मालवाहक सवारीका साहुसँग ठेक्का मिलाई महिन्वारी रुप मा पास गराउँदै आएका छन् ।क्षमताभन्दा बढी भार बोक्ने साधनलाई ट्राफिक प्रहरीले एक हजार पाँच सय रुपैयाँ जरीवाना तिराउन सक्छ । जरीवाना गरेर बढी भार मिलान गरेपछि मात्र जान दिनुपर्नेमा अनधिकृत रुपमा रकम लिएर छाड्ने गरेको भेटिएको छ । सामान लिएर छुटेका बिशेष गरी भारतीय मालवाहक ट्रक तथा लहरीहरुसँग ट्राफिक प्रहरीले सामान र भार हेरेर १ हजार  देखि २५०० सय रुपैयाँसम्म असुल्ने गरेको भेटिएको छ ।त्यसैगरी ट्राफिक प्रहरीसँग समन्वय गरि सवारी छुटाउने दलालहरुले पनि प्रती गाडी १ हजार देखि १५ सयसम्म लिई ट्राफिक र दलालहरुले भागबण्डा मिलाउने गरेको पनि खुलेको छ । दलालहरुबाट समन्वय गरेका गाडीहरुलाई भने ट्राफिक प्रहरीले बिना चेक जाँच काउन्ट गरेर पठाउने गरेको चोकमा बस्ने जो कोहीले पनि देख्न सक्छ । तर, एजेन्ट दलालहरुको चपेटामा नपरेका र आफू खुसी आउने गाडीको चालकहरुलाई भने ट्राफिक प्रहरीले दुख दिने गरेका एक चालकले नाम नखोल्ने सर्तमा बताए ।अहिले ट्राफिक प्रहरीको चेकजाँचको नाममा पैसा असुल्ने रणनीतिका कारण बारा को हरेक चोक सडकखण्डमा सवारी जाम समेत लाग्ने गरेको छ । बारा स्थित कलैया का ट्राफिक ले सा्वजनिक इरिशा , अटो तथा मैजिक गाडी बाट समेत महिनवारी लिइ बिना सवारी चालक अनुमतिपत्र बेगर सन्चान गराउदै आएका छ्न । महिनवारी तथा टिप सुल्क बाट ट्राफिक इन्स्पेटर तथा प्रदेश ट्राफिक प्रमुख समेत लाई बाड फाड गर्दै आएका छ्न। यस्ता भ्रष्ट ट्राफिक प्रहरीले गर्दा सिंगो संगठन नै बदनाम भएकोप्रति सम्बन्धित निकायले ध्यान दिनु जरुरी छ  ।
Leave A Reply

Your email address will not be published.