Online News Portal

हजारौँ चिनियाँ फेक अकाउन्ट किन बन्द गर्‍यो मेटाले

281

एजेन्सी –  सामाजिक सञ्जाल फेसबुकको मातृकम्पनी मेटाले हजारौँ चिनियाँ फेक अकाउन्टहरु बन्द गरेको छ।

मेटाका अनुसार चीनबाट खोलिएका हजारौँ त्यस्ता अकाउन्टको सञ्जाल हटाइएको हो।

फेक अकाउन्टबाट अमेरिकी राजनीति र अमेरिका–चीन सम्बन्धबारे अनर्गल प्रचार गरिएको भेटिएको मेटाको भनाइ छ। यद्यपि मेटाले ती अकाउन्टलाई बेइजिङका सरकारी अधिकारीसँग जोडेको भने छैन। तर २०२४ मा अमेरिकी चुनाव आउँदै गर्दा चीनमा यस्ता अकाउन्टको सञ्जाल बढेको बताइएको छ।

मेटाका अनुसार अहिले यस्ता नेटवर्ककको चीन तेस्रो ठूलो भौगोलिक स्रोत हो। त्यसअघि रुस र इरान पर्छन्।

चिनियाँ नेटवर्कभित्र चार हजार सात सय अकाउन्टभन्दा धेरै रहेको मेटाले जनाएको छ। यस्ता अकाउन्टहरुले अरु व्यक्तिहरुका प्रोफाइल फोटो र नाम प्रयोग गरेको मेटाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.