वीरगंज (पर्सा), ८ जेठ ।
पर्सा जिल्ला बिन्दवासिनी गाउँपालिका वडा नं. ३ इटियाही टोल स्थायी घर भई वीरगंज बस्दै आएका सुभाष प्रसाद चौरसिया छिमेकीसँग लातजुत्ताले कुटिएका छन् । बीरगंज बसपार्क स्थित पान पसल संचालन गर्दै आएका चौरसियाले कारोना महामारीपछि पसलमा घाटा लागेपछि यातायात कार्यालयमा दलालीको काम गर्दै आएका थिए । उनका छोरा आफूलाई पत्रकार भन्ने रन्जित चौरसियाको आडमा यातायात कार्यालयमा दलाली गर्दै आएका चौरसिया आफ्नो गाउँमा पनि छोराको धाकधम्की लगाएपछि स्थानीयहरुले लात जुत्ताले कुटेर मुख फुलाई दिएका छन् ।
विगत एक हप्ता अघि गाउँ पुगेका सुभाष प्रसाद चौरसिया छोरा पत्रकार रहेको आडमा सडकमा जग्गा नै नछाडी सिढि निर्माण गर्न लागेपछि छिमेकीले रोक्न खोज्दा गाली गलौज गरेपछि स्थानीयहरुले लात जुत्ताले कुटेर मुख फुलाई दिएका थिए । उनीहरुको कुटपिटबाट चौरसिया घाइते भएर एक दिन नारायणी अस्पतालमा उपचार गराएर घर फर्केका थिए । जताततै कुपातर छोराको नामले गाउँमा फुर्ती लगाएर सडकको जग्गा कब्जा गरि सिढि निर्माण गर्न लाग्दा स्थानीयहरुले निर्माण गरिएको सिढि तोडेका थिए । त्यस पश्चात चौरसियाले बढी फुर्ति लगाएपछि चौरसियालाई कुटेका थिए ।
हाल वीरगंज महानगरपालिका वडा नं. १० अशोकवाटिका बस्दै आएका चौरसियाका कुपातार छोरा पत्रकारिताको आडमा वीरगंजमा प्रहरी, कर्मचारी तथा तस्करहरुलाई थर्काएर पैसा असुल्ने काम गर्दै आएका छन् । जहिले पनि दुई चार लात पिटाई रहने चौरसियालाई आफूलाई बरिष्ठ भन्ने कालो अनुहरार भन्दा कालो छबी बनाएका एकजना पत्रकारले संरक्षण गर्दै आएका छन् । पत्रकारिताको ‘प’ शब्द पनि लेख्न नजान्ने चौरसिया ति कालो चरित्रका पत्रकारले लेखेर दिएका समाचारहरु विभिन्न अनलाइनमा हालेर आफूलाई पत्रकार भन्दै आएका छन् ।
पत्रकारिताको आडमा प्रहरी चौकीका इन्चार्जहरुसँग दुई तीनसय रुपैयाँ असुल्दै आएका रन्जित चौरसियाले आफ्नो बहिनीको विवाहको लागि पनि चन्दा असुलेका थिए । उनले बारा जिल्लाको कलैया उप-महानगरपालिका वडा नं. २३ निवासी अरुण कुशवाहासँग पनि बहिनीको विवाह छ भन्दै अढाई लाख रुपैयाँ मागेका थिए । त्यति नदिएपछि ५० हजार पनि हत्याउन प्रयास गरे तर कुशवाहाले चौरसियाको चरित्र थाहा पाएपछि एकसुको पनि दिएन ।
पत्रकारिताको नाममा ठगको चरित्र बनाएका चौरसियाले पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तवसँग पनि पैसा ठग्न खोजेपछि उनले नदिएपछि जथाभावी अनावश्यक सामाग्री विभिन्न अनलाइनहरुमा पोष्ट्याई चरित्र हत्या गरेका थिए । जसबाट आजित भई अधिकृत श्रीवास्तवले जिल्ला अदालत पर्सामा मुद्दा पनि दिएका थिए । विना प्रमाण स्वार्थ सिद्ध पुरा गर्ने उद्देश्यले पटक पटक चरित्र हत्या हुने गरि अनावश्यक सामाग्रीहरु प्रकाशन गर्दै आएका ठग पत्रकार रन्जित चौरसिया विरुद्ध अधिकृत श्रीवास्तव कानूनी उपचार खोज्दै जिल्ला अदालत पर्सामा मुद्दा दर्ता गराएका हुन् ।
प्राप्त जानकारी अनुसार विगत लामो समयदेखि पोखरिया नगरपालिकाबाट आर्थिक लाभ लिन पल्केका एकजना पत्रकारले आफ्नो स्वार्थ सिद्ध पुरा नभएपछि पत्रकारको नाममा कलंकको छाप बनाएका एकजनाले ठग पत्रकार रन्जित चौरसियालाई प्रयोग गरि अनावश्यक आधारहीन समाचारहरु प्रकाशन गर्दै आएका थिए । वीरगंज लगायत मधेश प्रदेशका अन्य जिल्लाबाट संचालित अनलाइन समाचार पोर्टलहरुहरु अधिकृत श्रीवास्तव विरुद्ध तथ्यहीन, भ्रामक समाचारहरु प्रकाशन गरेर चरित्र हत्या गरेको भन्दै अधिकृतले जिल्ला अदालतमा मुद्दा दिएका हुन् ।
उनले साझा नेटवर्क डटकम, सिरहा टाइम्स डटकम सहित आधा दर्जन अनलाइन विरुद्ध बेइज्जती मुद्दा दर्ता गराएका हुन् । सम्मानित जिल्ला अदालत पर्सामा मिसिल नं. ०८०-सि४-१०८८ अधिकृत श्रीवास्तवले मुद्दा दर्ता गराएका हुन् । पर्साको छिपहरमाई गाउँपालिकाका घर भई वीरगंजमा बसेर पित पत्रकारिता गर्दै आएका आफैलाई बरिष्ठ पत्रकार भन्न लगाउने ति पत्रकारले ठग पत्रकार रन्जित चौरसियालाई प्रयोग गरि आफ्नो स्वार्थ सिद्ध गर्ने उद्देश्यले यि अनलाइन समाचार पोर्टलहरुमा अधिकृत श्रीवास्तव विरुद्ध तथ्यहीन, भ्रामक समाचारहरु प्रकाशन गर्दै आएका थिए ।