Online News Portal

पुर्वाधार बिकास कार्यालय कलैया बाराले अहिले आ ब ०८०/०८१ को असारे बजेट धमाधम १० देखि १५ प्रतिशात सम्म बिक्रि हुँदै

230

अरुण  कुशावाहा

बारा  जेष्ठ  २२

बारामा निधि निवास कार्यक्रममा व्यापक ब्रहमलुट ,हुनेखानेलाई आवास निर्माणको कार्य शुरु भएको छ । बाराको १६ वटै स्थानीय तहमा पुर्वाधार बिकास कार्यालय बार बाट निर्माण हुन लागेको निधि निवास कार्यक्रममा १० प्रतिशात सम्म अग्रिम कमिसन भुक्तानी गरेपछि मात्र कार्यलय प्रमुख राजेन्द्र साहले समझौता र कार्यदेश दिइने गरिएको छ । असारे बजेट कमिसनमा निधि निवास , ढलान निर्माण ,माटो पुरी ग्राभेल लगायतकओ योजना धमाधम बिक्रि हुँदै आएको छन । कार्यालय प्रमुख राजेन्द्र साह भ्रष्टाचारमा लिप्त रहेको अवस्थामा उनको फोन सम्म उठेको छैन । दैनिक योजनाहरुमा मोलमोलाइ हुने गरिएको ,कमिसनको कुरो मिलेपछ मात्र काम अगाडि बढने गरिएको छ । भौतिक पुर्वाधार बिकास मन्त्रालय अन्तर्गतको पुर्वाधार बिकास कार्यालय कलैया बाराले झण्डै ४ अर्बको बजेट बारा निर्वाचन क्षेत्र १ देखि ४ सम्मको लागि छुटियाईएको छ । जिल्ला समन्वय समिती बाराको कार्यलयमा स्थित पुर्वाधार बिकास कार्यालय कलैया बाराले अहिले आ ब ०८०/०८१ को असारे बजेट धमाधम १० देखि १५ प्रतिशात सम्म बिक्रि हुँदै आएको छन । बारा निर्वाचन क्षेत्र १ ,२ ,३ र ४ को प्रदेश सभा सांसद्को बजेट समेत आफ्नो आसेपासेलाई बितरण गरिएको छ ।

मधेस प्रदेशको मुख्यमन्त्री सरोज कुमार यादव निकट रहेको पुर्वधार बिकास कार्यालय बाराको प्रमुख राजेन्द्र साहले बिना कमिसनको योजना दिन मानेका छैन , श्रोतको दाबी रहेको छ । आ ब ०८२/०८१ मा मधेस प्रदेश अन्तर्गतको असारे बजेट माटो पुरी ग्राभेल , निधि आवास कार्यक्रम लगायतमा पुर्वधार बिकास कार्यालय बारा कलैयाको प्रमुख राजेन्द्र साहले कमिसनको प्रलोभन अगाडि भुक्तानी लिइ योजना बिक्रि बितरण गर्दै आए रहस्य बाहिर आएको छ । पुर्वधार बिकास कार्यलय बारामा यतिबेला प्रदेश सांसदको हालमुहालिको भिडभाड देखिएको छ । समरणहोस बाराको १६ वटै स्थानीय तहमा संघीय र प्रदेश सरकारको असारे बजेटमा अनियमितता बढ्दै गएपछि कमिसनको मोलमोलाइले गुणस्तरहिन निर्माण कार्य बढ्दै गएकोले स्थानीयबांसिले चनाखो हुनु प्रने देखिन्छ ।

Leave A Reply

Your email address will not be published.