Online News Portal

सुवर्ण गाउँपालिकाको लक्षित बर्गको योजनामा जनप्रतिनिधिको ब्रहमलुट ४०%सम्म कमिसन लिइएको रहस्य बाहिर

579

बारा असार १२।बारा

अरुण  कुशवाहा

सुवर्ण गाउँपालिकाको लक्षित बर्गको योजनामा जनप्रतिनिधिको ब्रहमलुट , चालिस प्रतिशात सम्म कमिसन लिई योजना बिक्रीवितरण गरिएको रहस्य बाहिर आएका छन । आर्थिक बर्ष समाप्त हुन झण्डै एक महिना बांकी रह्दा सुवर्ण गाउँपालिकाको गापा स्तरीय र वडा स्तरिय लक्षित बर्गको कार्यक्रमहरुमा संस्थाहरुले ४० प्रतिशात सम्म कमिसन अग्रिम भुक्तानी गरेको श्रोतको दाबी रहेको छ । सुवर्ण गाउँपालिकाको विभिन्न वडामा लक्षित बर्गको लागि छुटियाईएको विभिन्न कार्यक्रम एउटै संस्था श्रम बिकास नेपाल कलैया उपमहानगरपालिका ६ बारा नामक गैरसरकारी संस्थाले विभिन्न वडामा कार्यक्रम गर्न लागेका छन । आर्थिक बर्ष ०८०/०८१ को असार महिनामा लक्षित बर्गको कार्यक्रम संचालन गरेर गैरसरकारी संस्थाले नेपाल सरकारको रकम बालुवामा पानी मिसाएको सरह काम गरेका छन । हरेक बर्ष सुवर्ण गाउँपालिकाले लक्षित बर्ग तर्फको कार्यक्रममा करोडौं रकम खर्च गरिएको भएपनी स्थानीय तहमा उपलब्धि शून्य रहेको सुवर्ण गापाको स्थानीय श्रीभगवान गिरि बताउछन् ।

सुवर्ण गाउँपालिकाको निमित प्रमुख प्रशासकीय अधिकृत संजित यादव एव समाजिक बिकास शाखा प्रमुख सिवरतन साहले वडा स्तरिय योजनाहरु बाट १० देखि १५ प्रतिशात सम्म रकम असुल्ने गरिएको रहस्य बाहिर आएका छन । यसैगरी विभिन्न वडाका अध्यक्षहरुले ३० देखि ४० प्रतिशात सम्म लक्षित बर्गको कार्यक्रममा कमिसन लिइएको त्यसपछि सिभारिस गरिएको छ । बाराको आदर्श कोतवाल गाउँपालिका ६ टेढाकटीको रुपौलिया महिला बिकास संस्थाले समेत सुवर्ण गाउँपालिकामा महिलाहरूलाई हिंसामुक्त तथा जनचेतना तालिम ,यसैगरी किशोरीहरुकोलागी प्रजन्न स्वास्थ सम्बन्धि जनचेतनामूलक तालिमको आयोजना असारे बिकासमा गरेका छन। लक्षित बर्ग तर्फको कार्यक्रममा एउटै संस्था लाई फर्जी कोटेसन मार्फत सम्झौता गरिएको रहस्य बाहिर आएका छन । यसैगरी सुवर्ण गाउँपालिकाको उपाध्यक्ष पुनम देबि यादवले समेत आफ्ना लक्षित बर्गको कार्यक्रम चालीस प्रतिशात सम्म रकम असुल गरेका छन । उपाध्यक्ष आमा सुधार कार्यक्रम महिला तत्गा समाज सेवा केन्द्रमहागढीमाई २ लाई दिइएको छ । यसैगरी उपाध्यक्ष कै कोटामा परेका कार्यक्रम साईबर अपराध तथा लागू औषध सम्बन्धि कार्यक्रम तीन तीन लाखको पाएका छन । असारे लक्षित बर्गको कार्यक्रममा न्यु फ्रेन्डस कल्ब करैयामाई ८ नरहिले समेत महिलाहरुको महिनवारी सम्बन्धि जनचेतनामूलक कार्यक्रम तथा महिलाहरुलाई दाइजो प्रथा सम्बन्धि कार्यक्रम संचालन गर्न लागेका छन । यी संस्थाले गर्न लागेको कार्यक्रम सुवर्ण गापाको कुन वडामा गर्ने भने खुलाइएको छैन । 

बाराको दक्षिणी भेगमा अवस्थित सुवर्ण गाउँपालिकाको विभिन्न वडामा गर्न लागेको असारे कार्यक्रम एनि हाउ पैसा कमाउ संस्थाले सोच राखी लक्षित बर्ग सम्म कार्यक्रम पुग्न सकेका छैन । सहभागीको संख्या नपुगेको वडामा फर्जी सहभागीकओ नाम राखेर गोरखधन्दा संचालन गरि भुक्तानीको लागि बिल भर्पाई समेत नक्कली पेश गर्ने गरिएको छ । सुवर्ण गाउँपालिकाले असार १५ गते भित्र कार्य सम्पन्न गरि भुक्तानी मांग गर्न विभिन्न संघ संस्था लाई निर्देशन दिइएको छ। तर सुवर्ण गाउँपालिकाले लक्षित बर्ग तर्फको सुचना नै प्रकाशित नगरी बिभिन्न गैरसरकारी संघ संस्था बाट रकम असुल गरि कार्यदेश र सम्झौता गरिएको रहस्य बाहिरिएका छन ।

Leave A Reply

Your email address will not be published.