Online News Portal

यातायात ब्यवस्था कार्यालय बारामा कर्यालय प्रमुख महमद नवाज हुसैन सवारी चालक अनुमतिपत्रमा भ्रष्टाचार सुरु।

576

अरुण  कुशवाहा ,बारा

असाढ ३१

यातायात ब्यवस्था कार्यालय बारामा बिगत केही महिना देखि सवारी चालक अनुमतिपत्रमा भ्रष्टाचार सुरु भएको पाइएको छ। तत्कलिन मुख्य मन्त्री सरोज कुमार यादव को कृपाले तथा तत्कलिन यातायात ब्यवस्था मन्त्री चन्दन कुमार सिंह तथा यस बारा जिल्ला का केही माननीय ज्युहरुको पहल मा उक्त कर्यालयको स्थपना भएको थियोे । स्थपना कालदेखि २-३ महिना एक दमै कर्यालय राम्रो सङ सन्चालन भएको पाइएको थियोे तर बिगत ३-४ महिना यता संघीय तथा प्रदेश सरकार को परिवर्तन को कारण यातायात ब्यवस्था कार्यालय बारामा कर्यालय प्रमुख महमद नवाज हुसैन सवारी चालक अनुमतिपत्रामा भ्रष्टाचार सुरु गरेको पाएको छ।

जसरि पनि पैसा कमाउने उदेश्य बोकेका हुसैन ले बिचौलिया मार्फत पैसा कमाउने सुरु गरेका छ्न। बारा तथा पर्सा का केही सन्चारकर्मी को समेत मिलोमतोमा भ्रष्टाचार सुरु गरेका छ्न। हुसैन ले समाचार सम्प्रेषण हुन न दिने सम्बन्धमा सन्चारकर्मी लाई ट्रायल को समयमा ट्रायल सेन्टर भित्र छिर्न दिएका छैनन। आपनो कमि कमजोरी समातिने डरले ट्रायल सेन्टरमा केही स्थानीय बाउन्सर समेत परिचालन गराएका छ्न। सवारी चालक अनुमतिपत्रा फेल भएका लाई पास गराउन को लागि मोटर साइकल ,स्कुटि, इरिक्सा को रु १०००० हजार ,कार ,ट्राकटर को रु १५००० प्रती ब्यक्ती बिचौलिया मार्फत लिदै आइरहेका छ्न। बिचौलियाहरु ले पनि आफ्नो दैनिको को लागि केही रकम थप गरि प्रती ब्यक्ती मोटर साइकल ,स्कुटि, इरिक्सा को रु १५००० हजार ,कार ,ट्राकटर को रु २५००० तथा ठुला सवारी मा रु ४०००० हजार समेत माग्ने गरेका छ्न।यातायात ब्यवस्था कार्यालयमा छिर्ने बितिकै बिचौलियाहरुको सोधपुछ सुरु हुन्छ के काम हो , दिनुस म गराइ दिन्छु। यातायात ब्यवस्था कार्यालय को ट्रायल सेन्टरमा परिक्षा संचालित भएको दिन बिचौलियाहरुले लिखित परिक्षामा पैसा लिएको परिक्षातिलाई १० वटा प्रस्नमा चिन्ह लगाउने अनि बाकी रहेको प्रस्न छोडिदेने भन्ने गरेका छ्न।

ट्रायल सेन्टरमा परिक्षा संचालित भएको ट्रायलमा फेल भएका परिक्षातिको प्रवेश पत्र समेत आफै लिने गरेका छ्न। फेल हुने परिक्षातिको प्रवेश पत्र आफै लिने अनि बिचौलियाहरु मार्फत आएको नाम ले प्रवेश पत्र हेरि पास गर्ने गरेका छ्न। पास भएका परिक्षातिलाई ७ दिन पछी रसिद कटाउने अनि फेल भएकालाई १५ दिन पछि रसिद कटाउने भन्ने गरेका छ्न। ट्रायल भएको मिति बाट १५ दिन भित्रमा ट्रायल लिने समिती ले पास गेर्ने निर्णय गर्ने गरेका छ्न। यस्ता परिक्षाति ले बिना अनुभव को पैसा को भरमा सवारी चालक अनुमतिपत्र लिदा दैनिक रुपमा दुर्घटना निम्तियाएको छ।

Leave A Reply

Your email address will not be published.