Online News Portal

सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत जयनारायण यादव सातौ तहमा फर्जी स्तर वृद्धि भएको खुलासा

217

कलैया साउन २

बाराको सिम्रौनगढ नगरपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत जयनारायण यादव सांतौ तहमा फर्जी स्तर वृद्धि भएको खुलासा भएको छ । सिम्रौनगढ नगरपालिकामा आर्युबेद औषाधालय तर्फ कार्यरत यादवलाई सिम्रौनगढ नगरपालिकाले नगर प्रमुख स्तरीय २०७९ चैत्र २१ गतेको निर्णय अनुसार आर्युबेद तर्फको कबिराज निरिक्षण जयनारायण यादव लाई नेपाल स्वास्थ सेवा ऎन २०२३ र नेपाल स्वास्थ सेवा नियामली २०५५ को नियम अनुसार चौथौ तहमा नियुक्ति पाएका कर्मचारी छैठौं तह सम्म स्तर वृद्धि हुने कानुनी ब्यवस्था रहेको छ । तर नगर प्रमुख किशोरी प्रसाद कलवारले आर्युबेद औषाधालय तर्फको यादव लाई सातौ तहमा स्तर वृद्धि गरेकोले यादवको स्तर वृद्धि रद गर्न तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महेश कुमार मिश्रले २०८१ बैशाख १७ गते संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय सिहदरबारमा कार्वाहीको लागि सिफारिस पत्र पठाईएको छ ।

यसरी सिम्रौनगढ नगरपालिकाले छैठौं तहका आर्युबेद औशाधलय तर्फका जयनारायण यादवलाई शुरुमा निमित प्रमुख प्रशासकीय अधिकृत ,त्यसपछि सांतौतहमा स्तर वृद्धि भएपछि यादव लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी गैरकानुनी रुपमा दिलाएको रहस्य बाहिर आएका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंङाल काठमाडौ ,संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले उनलाई अहिलेसम्म कारवाही  गरेका छैन । नगरपालिकाले सातौ तहमा स्तर वृद्धि गरेका यादवले सिम्रौनगढ नगरपालिकाको आ ब ०८१/०८२ को १२ औ गाउँ सभा समेत सम्पन्न गराएका छन ।

Leave A Reply

Your email address will not be published.