Online News Portal

ओलीलाई गाडीमा सवार गराएपछि मेडिकल कलेजका एमडी शाहनवाजलाई अपराधबाट उन्मुक्ति

177

२४ साउन,वीरगञ्ज । वीरगञ्जको नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक (एमडी) शहनवाज अन्सारीमाथि दर्ता मुद्दा ‘हाइप्रोफाइल कनेक्सन’का कारण ‘क्लिन चिट’ पाएको छ ।

शक्ति केन्द्रको आडमा जिल्ला सरकारी वकिलको कार्यालयबाट नै अन्सारीमाथि दर्ता भएको मुद्दा किनारा लगाइएको छ । पर्सा प्रहरीले गएको चैत महिनाको अन्तिम साता उनीमाथि कालोबजारी तथा केही अन्य सामाजिक अपराधविरुद्धको मुद्दा दर्ता गरेको थियो ।

मेडिकल कलेजको ल्याबबाट म्याद नाघेको केमिकल बरामद भएपछि प्रहरीले उनीमाथि मुद्दा दर्ता गरेको थियो । उक्त दर्ता मुद्दामा प्रहरीले ५ वर्षको कैद सजायको माग दाबी गरेको थियो । तर शक्ति केन्द्रको आडमा मेडिकल कलेजले आफ्नो मुद्दामा सफलता हात पारेको छ ।

प्रहरीले ५ वर्ष कैद माग दाबीको मुद्दामा सरकारी वलिकको कार्यालयले र महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नै नचल्ने निर्णय गरेको बताइएको छ । तत्कालीन सरकार वकिलको कार्यालय प्रमुख सुशिल देवकोटाले मुद्दा नै नचल्ने निर्णय गरेर मुद्दा किनारा लगाइदिएको जनाइएको छ ।

त्यसपछि त्यो मुद्दालाई अन्तिम टुंगो भने महान्यायाधिवक्ताको कार्यालयबाट लगाइएको जिल्ला सरकारी वकिलको कार्यालय पर्साले जानकारी दिएको छ । जिल्ला सरकारी वकिल कार्यालय पर्साका प्रमुख भोला निरौलाले यही २५ असारमा सबुत प्रमाण कमजोर देखिएकाले महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको बताए ।

तर यसको कागजात अझ आउन बाँकी रहेकोले त्यसमा के–के देखाइएर सफाइ दिइएको छ त्यो अध्ययन गर्न बाँकी रहेको उनको भनाइ छ । तत्कालीन महान्यायाधिवक्ता दिनमणी पोखरेलले मुद्दामा सफाइ दिएको जनाइएको छ ।

पर्सा प्रहरीले ५ वर्षको कैद सजायको माग दाबी गर्दै १७ असारमा सरकारी वकिलको कार्यालयले मुद्दा पेस गरेको थियो । त्यसपछि १८ असारमा तत्कालीन सरकारी वकिल कार्यालयको जिल्ला प्रमुख देवकोटाले सबुत प्रमण नदेखिएकोले मुद्दा नचल्ने निर्णय गरेका थिए ।

साधारण तारिखमा छोड्न आदेश भएपछि त्यही अनुसारको प्रक्रिया अगाडि बढाइएको पर्सा प्रहरीले जानकारी दिएको छ । यसरी कालोबजारी जस्ता अपराधमा नै नचल्ने निर्णय गरेपछि गम्भीर प्रश्न मात्रै खडा भएको छैन, चलखेलमा भिभिआइपी परिवारको मुद्दाको छिनोफानो गरिएको पुष्टि भइरहेको छ ।

प्रधानमन्त्री ओली ‘कनेक्सन’
बीरगन्जमा एमाले पार्टीको पदाधिकारी शथपग्रहणमा आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेडिकल कलेज परिवारले आफ्नो महँगो गााडी चढनका लागि दिएको थियो ।

जुन गाडीमा प्रधानमन्त्री ओली चढेर पर्सा र बारामा राखिएका कार्यक्रममा सहभागी भए । त्यति मात्रै होइन, प्रधानमन्त्री ओली एमडी अन्सारी अभियुक्त छँदाकै बखत उनको घरमा पुगेर पारिवारिक भेटघाटसमेत गरेका थिए ।

प्रधानमन्त्री ओली बीरगन्ज आएको बेला त्यस बखत पनि माओवादीको गठनबन्धनमा एमाले सरकारमा सहभागी थिए । त्यहीकारण सरकारको दम्भको आडमा त्यसबखत प्रधानमन्त्री ओलीले केही ठाउँमा मेडिकल कलेजको मुद्दामा सहयोग गरिदिनुहुन भनेको पनि एक स्रोतले जनाएको छ ।

मेडिकल कलेजको स्वामित्वको विषयमा दाजुभाइमा विवाद भएपछि पछिल्लो समय कलेजका अध्यक्ष जैनुद्दिन अन्सारीले एमाले अध्यक्ष एवम प्रधानमन्त्री ओलीसंग सम्बन्ध विस्तारमा जोड दिएका छन्, जसमा उनलाई एमाले नेता एवम सांसद प्रभु हजराको साथ छ ।

उनै हजारको कनेक्सनमा कलेज अध्यक्ष अन्सारीले हिमचिम बढाउन शक्ति केन्द्रलाई आर्थिक लाभ हुने काम गरिरहेको चर्चा व्याप्त छ । जुनकारणले सरकारी वकिलको कार्यालयदेखि महान्यायाधिवक्ताको कार्यालयले समेत नतमस्तक भएर प्रहरीले ५ वर्ष सजाय माग गरेको मुद्दामा सबुत प्रमाण नदेखिएको भन्दै किनारा लगाइदियो ।

अर्थात् यही भिभिआइपी ‘कनेक्सन’ का कारण मेडिकल कलेजका एमडी शहनवाजमाथि लागेको मुद्दा जिल्ला सरकारी वकिलको कार्यालयबाट किनारा लगाइएको जानकार बताउँछन् । शम्भार :रेस खबर

Leave A Reply

Your email address will not be published.