कलैया असोज ३
बिश्रामपुर गाउँपालिकाका अध्यक्ष जुल्फकार अली भुट्टोलाई अदालतले अवहेलना मुद्दामा ७ दिनभित्र आफैं उपस्थित हुन आदेश दिएको छ। अदालतको आदेशलाई बेवास्ता गर्दै अध्यक्ष भुट्टोले निजी सम्पत्तिमा डोजर चलाएर घर भत्काएको आरोप लागेको छ। बाराको बिश्रामपुर गाउँपालिका वडा न ५ स्थित रहेको पन्नालाल साह कानुको किता न २६ र किता न ४६ निजि जग्गा बाट गापा अध्यक्ष भुटो र वडा अध्यक्ष अमिरिलाल प्रसाद गुप्ताले पक्की घर भत्काई ९/ ९ फिट जग्गा कब्जा गरेको पिडित साहले बताए । वडा अध्यक्ष गुप्ताले १४ देखि १८ फिट चौडा रहेको किता न १६१ को एलानी पैइनको जग्गामा आफ्नो पर्खाल निर्माण गरि कब्जा गरेको र किता न १४२ मा मिसाएको हुंदा सडक बिस्तार गरिदा जग्गा नपुग हुदा एकतर्फी रुपमा निजि जग्गामा रहेको पक्की घर भत्काईएको पीडितले आरोप लगाएका छन ।
बिपक्षीको नाममा उच्च अदालत बिरगंजले मिति २०८० जेठ् २४ गते उत्प्रेष्ण परमादेश भएकोमा उक्त आदेश बिपक्षीले जेठ् २९ गतेआफैले बुझेका छन । उच्च अदालत बिरगंजले असार १९ गतेमा समेत निजि सम्पत्तिमा बनाईएको पक्की घर तत्काल तोडफोड नगर्न नगराउन आदेश दिइएको भएपनी गापा अध्यक्ष र वडा अध्यक्षले घर भत्काईएको छ । अहिले उत्प्रेष्ण परमादेश मुद्दा बिचाराधिन अवस्थामा रहेका छन ।