Online News Portal

एन आई सि एसिया बैंकका शाखा प्रमुख हरि कृष्ण पौडेल र प्रसौनी गाउँपालिका वडा न १ का वडा अध्यक्ष लालबाबु मुखियाले करोडौं मुल्री को घर २३ लाख मा लिलामी

581

बारा प्रसौनी ४ 

अरुन् कुशवहा

विरगंज पावर हाउस स्थित रहेको एन आई सि एसिया बैंक र प्रसौनी गाउँपालिका वडा न १ का वडा अध्यक्ष लालबाबु मुखियाले स्थानीय एकजनाको तीन तल्ले पक्की घर कौडिको भाउमा लिलाम गरेको रहस्य बाहिर आएको छ ।

प्रसौनी गाउँपालिका १ कलैया बिरगंज सडकखण्डमा पर्ने प्रसौनी निवासी कृष्ण शर्माको नाममा दर्ता रहेको किता न ४८४ को ८ धुर जग्गामा रहेको तीन तल्ले पक्की घर बडा अध्यक्ष मुखिया विनले वडाको सिफारिसमा घर जग्गाको कम मुल्यांकन जम्मा रु २३ लाख लगाई एन आई सि एसिया लाई सिफारिस गरेको छ । शुरुमा उक्त घर को मुल्यांकन २०७७ मा घर र जग्गा को मुल्यांकन २७ र ३० लाख गरि ५७ लाख थियो जब कि घर दुई तले थियो ।

उक्त बैंकले तीन तल्ले घरको मुल्यांकन ३० लाख गरेको थियो । तर लिलाम गर्ने बेलमा बैंकको मिलोमतोमा वडा अध्यक्ष मुखिया बिनले कम मुल्यांकन लगाई पक्की घर लिलाम गरेको पिडित कृष्ण शर्माले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन ।

वडा अध्यक्ष लालवावु मुखियाले सो जग्गा आफ्नै भाइ बुहारीको नाममा सकार गरेको रहस्य बाहिर आएपछि बैंक र मुखियाको मिलोमतोमा रहेको आंशाका गर्न लागिएको छ। यता पीडित परिवारले एन आई सि एसिया बैंकको त्रणको व्याज हरेक महिना तिर्दै आएका थिए । ऋणिले २ वटा ब्याज को किस्ता न तिर्दा बैंकले लिलाम गर्न चिठी पुर्याए पछि पीडित शर्माले ७० लाख रुपैया जम्मा गरि लिलाम सकार गरेका थिए । तर बैंकले पीडितको पैसा तीन महिना सम राखी तीन महिना पछि पैसा फिर्ता गरेको पीडित परिवारले पत्रकार सम्मेलन मार्फत जानकारी गराए छ्न । तात्कालिन बैंकका शाखा प्रमुख हरि कृष्ण पौडेल ऋण लगानी गरेका थिए। यसरी करोडौंको मूल्य पर्ने पक्की घर लिलाम गरेपछि वडा अध्यक्ष मुखिया र उनका भाईले गुण्डागदी शैलीमा घर कब्जा गर्न खोजिएको पीडित शर्माको परिवारले बताए ।

यसरी एन आई सि एसिया बैंकले एउटै जग्गाको एकपटक घर र जग्गा को मुल्री २७ र ३० लाख अको पटक २३ लाख मात्र कम मुल्यांकन लगाई वडा अध्यक्ष मुखियाको र बैंकका शाखा प्रमुख हरि कृष्ण पौडेलको मिलोमतोमा पक्की तीन तल्ले घर लिलाम गरेपछि यतिबेला पीडित परिवार न्यायको लागि हारगुहार लगाएका छन ।

Leave A Reply

Your email address will not be published.