Online News Portal

आदर्श कोतवाल गाउँपालिकामा ब्लड डुनेसन कार्यक्रममा दुई लाख स्वाहा

249

 आदर्श कोतवाल गाउँपालिकामा ब्लड डुनेसन कार्यक्रममा दुई लाख स्वाहा

बारा ,असार २० ।

बाराको आदर्श कोतवाल गाउँपालिकामा रक्तदान कार्यक्रममा दुई लाख सम्मको खर्च भएको रहस्य बाहिर आएका छन । जागरण बिकास केन्द्र आदर्शकोतवाल गैरसरकारी संस्थाले आदर्श कोतवाल गाउँपालिकाको सहयोगमा एक दिन मात्र आयोजना गरेको रक्तदान कार्यक्रम दुई लाख सम्मको खर्च भएको बिल भाउचर भुक्तानीको लागि पेश गरिएको रहस्य बाहिर आएका छन । आ ब ०८१/०८२ सकिन लाग्दा खण्डै ४ दिन बांकी रहदा असारे बिकासको फाईल धमाधम भुक्तानी हुने तर्खरमा रहेका छन । ब्लड डुनेसन कार्यक्रममा ३० जनाले मात्र रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा निशुल्क रुपमा प्राबिधिक सहितको चिकित्सक निशुल्क रुपमा खटेका थिए । यश सम्बन्धमा आदर्श कोतवाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिजय चौरसिया संग प्रतिक्रिया लिदा आवश्यक खर्च भएको बिलको मात्र भुक्तानी हुने बताए । आदर्श कोतबाल गाउँपालिका संग समझौता गरेका ती गैरसरकारी संस्थाले आफ्नो समझौता अनुसारको रकम मांग गरेका छन । यसरी असारे बिकासमा कम समयमा कम लगानीमा धेरै मुनाफा हुने कार्यक्रम गर्न संघ ,संस्था , उपभोक्ता समिति जिल्ला भरी अग्रसर भएका छन ।

Leave A Reply

Your email address will not be published.