कलैया असार २५ ।
सिम्रौनगढ नगरपालिकाले आ ब ०८१/०८२ को अन्तिम समयमा एउटै चापाकलको दोहोरो भुक्तानी गरेको रहस्य बाहिर आएका छन । प्रमुख प्रशासकीय अधिकृत मदन कुमार थापाले मोटो रकम कमिसनको चलखेलमा स्थानीयमा जडान १८ वटा चापाककको दोहोरो भुक्तानी गरेको पाईएको छ । सिम्रौनगढ नगरपालिकाको नगर स्तरीय बजेट रु १० लाख र उपप्रमुख नजबु शेहरको रु ५ लाख बिनियोजित बजेट दुरुपयोग गर्दै विभिन्न ठाउँमा अघि नै मुस्लिम ईतिहाद संगठन द्वारा जडान चापाकललाई पुन रंङरोदन गराई भुक्तानी गरिएको छ । सिम्रौनगढ नगरपालिकाको नगर उपप्रमुख नजबु शेहरले सो बजेट उपभोक्ता समिती गठन गरेर दोहोरो भुक्तानी लिइएको पाईएको छ । सिम्रौनगढ नगरपालिका अन्तर्गत अमरपुर , नायजाटोला , हरिहरपुर लगायतको क्षेत्रमा जडान चापाकलको पानी अशुद्ध पिउन नसकिने रहेको स्थानीयहरु बताउछन् । मुस्लिम ईतेहाद संगठनको नाममा बिगतमा जडान गरिएको सो चापाकललाई पुन: मर्मत नयाँ रंङ्ग्रोदन गराई प्रमुख प्रशासकीय अधिकृत थापा र लेखापाल श्याम पटेलले अनियमितता गरि भुक्तानी गरिएको पाइएको छ । यश सम्बन्धमा सिम्रौनगढ नगरपालिकाको नगर प्रमुख किशोरी प्रसाद कलवारले चापाकलको भुक्तानी भएको स्वीकार गरेका छन।