बारा चैत्र १२
फेटां गाउँपालिकामा लक्षित बर्गको कार्यक्रममा समेत भागबन्डा कमिसन लिएर कार्यक्रम संचालन गरि कागजी भरमा भुक्तानी पाएको रहस्य बाहिर आएका छन । लक्षित बर्गको गापा स्तरीय कार्यक्रममा गाउँपालिका अध्यक्ष रुस्तम अंसारी र प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाले ४० प्रतिशात सम्म कमिसन गैरसरकारी संस्था लिइएको कार्यक्रम हुचुवाको भरमा शुन्य उपलब्धिमा कार्यक्रम संचालन गरिएको पाईएको छ । फेंटा गाउँपालिका ५ मा तराई स्किल सेन्टर प्रा लीले संचालन गरेको ६५ दिने आधारभुत कम्प्युटर तालिम एक महिना मै सकाएर कागजी प्रक्रिया पुर्याएर भुक्तानी गरिएको पाईएको छ । फेटा गाउँपालिका ५ का वडा वडा अध्यक्ष अबिब अंसारिले समेत आफ्ना वडामा संचालन रहेको कम्प्युटर तालिम प्रभावकारी बनाउन ध्यानाकर्षण गरिएको देखिदैन । कम्प्युटर तालिम कम्तीमा ३ महिना संचालन गर्नुपर्ने तर तराई स्किल सेटरको संयोजक बबिता यादवले कागजी प्रक्रिया पुर्याएर भुक्तानी लिइएको स्थानीयहरु बताउछन् । गैरसरकारी संघ ,संस्था संग आर्थिक कमिसन मिलाउने कार्य पालिका अध्यक्ष अंसारिको हनुमान दुत मनोज साहले समाल्ने गरेका छन । फेंटा गाउँपालिका निवासी मनोज साह पालिकाको कुनै कर्मचारी होईन तर उनी गाउँपालिका अध्यक्ष रुस्तम अंसारी बस्ने कोठाको छेउमा आफ्नो कुर्सी लगाएर बसेको देखिन्छ। गाउँपालिका अध्यक्ष अंसारी कार्यालय नपुगे पनि साह अध्यक्षको कोठामा उपस्थित रहेको स्थानीयले गुनासो गरेका छन। पालिकाको योजना संचालनमा उपभोक्ता समिति गठन , गैरसरकारी संघ संस्था संग कमिसन उठाउने काम , सेवाग्राही संग मोलमोलाइ गर्ने काम स्थानीय साहले नै गर्दै आएको खुलेको छ । लक्षित बर्गको लागि छुटियाईएको कार्यक्रम सिमान्कृत बर्ग सम्म नपुगेर बालुवामा पानी खन्याए झै फेटा गाउँपालिकाको हरेक योजनामा चरम अनियमितताको झिल्को भेटिने गरिएको छ । फेंटा गाउँपालिकाले आ ब ०८२/०८३ मा समाजिक बिकास तर्फ लक्षित बर्गको लागि विभिन्न सचेतना कार्यक्रम ,सिपमुलक कार्यक्रममा कागजी प्रक्रिया मात्र पुर्याई गैरसरकारी संस्था संग ३० देखि ४० प्रतिशात सम्म रकम कमिसन लिइएको एक गैरसरकारी संस्थाको अध्यक्षले नाम नछाप्ने शर्तमा बताए । प्रमुख प्रशासकीयअधिकृत राकेश झा आएको ३ महिना मै आ ब ००८२/०८३ मा गाउँपालिकाको लगभग सम्पुर्ण योजनाहरुको काम सम्पन्न भैइसकेको कार्यालयले जनाएको छ । व्यापक कमिसनको खेलमा गत आ ब ०८१/०८२ को अधुरो बिधालय निर्माणको फाईल भुक्तानी हुन नसके पछि भुक्तानीको लागि यश बर्ष मिलाइएको समाचार प्राप्त भएको छ ।सभार मिलन राष्ट्रिय दैनिक