चीनलाई जवाफ दिन ताईवान् पनि युद्ध अभ्यासमा
चीनले सोमबार ताइवानको समुद्री र हवाई क्षेत्रमा नयाँ युद्ध अभ्यास गर्ने घोषणा गरेपछि ताइवानले पनि युद्ध अभ्यास सुरु गरेको बताइएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ताइवानले चिनियाँ आक्रमणबाट आफूलाई बचाउन युद्ध अभ्यास सुरु गरेको हो ।
ताइवानका आठौं आर्मी कोर्प्सका प्रवक्ता लु वोइ-जेले दक्षिणी पिङटुङ काउन्टीमा तोपखाना र हतियार अभ्यास सुरु भएको पुष्टि गरेका छन् ।
चीनको सैन्य अभ्यास आइतबार सकिने बताए पनि अमेरिकी सभामुख न्यान्सी पेलोसीको स्वशासित टापुको भ्रमणको विरोधमा थप सैन्य अभ्यासको घोषणा गरेको छ ।