आणविक पनडुब्बी चीनको आफ्नै जालमा फस्दा ५५ चिनियाँ नाविकको मृत्युः रिपोर्ट
वेइजिंग, एजेन्सी । अरुलाई फसाउन खोज्ने चिनियाँ आणविक पनडुब्बी आफनै जालमा फसेपछि ५५ नाविकको मृत्यु भएको रिपोर्टहरु सार्वजनिक भएका छन् । पहेँलो सागरमा भएको पनडुब्बी दुर्घटनामा कम्तीमा ५५ चिनियाँ नाविकको मृत्यु भएको अनुमान गरिएका हुन् ।
पनडुब्बी कथित रूपमा अमेरिकी र बेलायती जहाजहरूका लागि चीनको आफ्नै सेनाले स्थापना गरेको समुद्री तटीय सुरक्षामा समातिएको थियो । बेलायती खुफिया रिपोर्ट अनुसार, चालक दलका सदस्यहरू पनडुब्बीको अक्सिजन प्रणालीमा विफलताका कारण मृत्यु भएको थियो, जसका कारण तिनीहरूको विषाक्तता बढेर ज्यान गुमाउनु परेको थियो । श्रोतः एनडीटिभी