Online News Portal

उत्तरपश्चिम पाकिस्तानमा विस्फोट, दुईको मृत्यु

396

पाकिस्तानको उत्तरपश्चिम पख्तुनख्वा प्रान्तमा आइतबार भएको विस्फोटमा एक बालकसहित दुई जनाको मृत्यु हुनका साथै अन्य तीन जना घाइते भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार विस्फोट पख्तुनख्वा प्रान्तको लक्की मरावत जिल्लास्थित एक गाँउमा भएको हो। घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्तपालमा लगिएको समेत प्रहरीले जानकारी दिएको छ।

अहिलेसम्म आक्रमणको जिम्मेबारी कुनै पनि समूह वा व्यक्तले नलिएको प्रहरी स्रोतले जनाएको छ। थप अनुसन्धानका लागि सम्बन्धित क्षेत्रलाई घेराबन्दी गरिएको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.