Online News Portal

महिला मानव अधिकार रक्षक सजालका सदस्यहरुलाई ५ दिने तालिम शुरु

368

फाल्गुन १०, २०८०
बारा ।
विगत वर्षदेखि नै महिलाको क्षेत्रमा क्रियाशिल संस्था सखी ः महिलाको साथीको सहजीकरण तथा URGENT Action Fund को अािर्थक सहयोगमा संचालित परियोजना अन्र्तगत फेटा गाँउपालिकाका गठित महिला मानव अधिकार संजालका सदस्यहरुलाई ५ दिने तालिम आजदेखि कलैया स्थित बरेवा दरबार होटलमा शुरु भएको छ ।
तालिमको उदघाटन शत्रको सभाध्यक्षता संस्थाकी अध्यक्ष मधु कुशवाहाले गरेकी थिइन भने प्रमुख अतिथिमा जिल्ला समन्वय समितिका सभापति नरेन्द्र साह रहेका थिए । त्यस्तै अतिथिमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक तथा तलिमका प्रमुख प्रशिक्षक सविना रिमाल रहेका थिए ।


सखी संस्थाले ग्रमीण भेगका महिलाहरुको लागि गर्दै आइरहेको कामको सराहना गर्दै प्रमुख अतिथि नरेन्द्र साहले तालिममा सहभागि महिलाहरुको लागि यो एउटा राम्रो अवसर रहेको छ । हाम्रो पालामा त यस्तो तालिममा बस्ने धेरै कम महिलाहरु रहेका थिए । आज तपाईहरु धेरै भाग्यमानि हुनुहन्छ ताकि यस्तो तालिममा सहभागि हुनुभएको छ । यो तालिमले अधिकार र कर्तव्य विचको ज्ञानको बोधलाई सम्बोधन गर्दै पकै पनि तपाइहरुको क्षमता विकास गर्नेछ भनी म विश्वस्त रहेको कुरा आफनो मन्तव्य मार्फत व्यक्त गरेका थिए ।
यो तालिममा महिला अधिकार, मानव अधिकार, मानव अधिकारको अवस्था, म को हु तथा महिलाको अवस्था कस्तो रहेको छ ? महिला मानव अधिकार रक्षकका काम, कर्तव्य र भुमिकाको विषयमा गहन रुपमा सिकाइ हुनेछ भनेर तालिमका प्रमुख प्रशिक्षक सबिना रिमालले जनाइन ।


यो पहिलो पटक हामीले यस्ता युवा महिलाहरुलाई जम्मा गरि मानव अधिकारको क्षेत्रमा धेरै अनुभवि काठमाडौका प्रशिक्षक बोलाएर तालिम गराउने प्रयास गरेका छौ । यस तालिमले ग्रामीण भेगका युवा महिलाहरुलाई पनि उहाँहरुको अधिकारबारेको ज्ञानमा वृद्धि भई भोलिका दिनमा उहाँहरु महिलावादी अभियानमा सहभागि हुनुहुनेछ भनी आशा गरेका छौ भनेर संस्थाकी अध्यक्ष मधु कुशवाहाले जानकारी गराइन ।
हामीलाई अहिले सम्म पनि हाम्रो मानव अधिकार, महिला अधिकारको बारेमा केही थाहा नभएको तथा यस संजालमा आबद्ध भई तालिमबाट सिकेर गाँउ समाजका महिलाहरुको मानव अधिकारको लागि वकालत गर्नेछु भनेर संजालकी संयोजक नितु कुशवाहाले भनिन ।

Leave A Reply

Your email address will not be published.